दफा ३९
अनुवाद गर्ने सम्बन्धी विशेष व्यवस्था
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि
यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम स्थापना भई कागजात अनुवाद गर्न
अधिकार पाएको संस्थाले परिषद्बाट स्वीकृति लिई कागजात अनुवाद गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्वीकृति पाएको संस्थाले कागजात अनुवाद गर्दा दफा २८
बमोजिमको प्रकृया पूरा गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम स्वीकृति पाएको संस्थाले यस ऐन विपरीत कागजात अनुवाद
गरेमा त्यस्तो संस्थाको प्रमुखलाई दफा ३३ बमोजिमको सजायँ हुनेछ ।